प्रहरीमा आत्मसमर्पणअघि प्रकाश भुजेलले दुर्घटनाबारे के भने ? – Nepal Press

प्रहरीमा आत्मसमर्पणअघि प्रकाश भुजेलले दुर्घटनाबारे के भने ?

काठमाडौं । भाइरल झाँक्री प्रकाश भुजेलले आफ्नो गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि बौद्ध प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनी दुर्घटनापछि केही समय ‘फरार’ बनेका थिए ।

प्रहरीमा जानुअघि भुजेल फेसबुक लाइभमा देखिएका थिए । एक जना साथीको अकाउन्टमा उनको रेकर्डेड लाइभ भिडिओ प्रशारण भएको थियो । भिडिओमा उनले आफूले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको बताएका छन् ।

भुजेलको भनाइ यस्तो छ

‘मलाई आश्रमबाट उपचार गर्न छिटो आइज भनेर गाली गरिरहेका थिए । मेरो गाडी ४०÷४५ को स्पीडमा थियो होला । म सीधा हिँडिरहँदा अचानक मोटरसाइकल आएर ठोक्कियो । मलाई सपना हो कि विपना जस्तो भयो । केही चिजले ह्वात्तै छोपे जस्तो लाग्यो ।

मैले बचाउन प्रयास गरेको थिएँ । अर्कोतिर टिपर थियो । मोटरसाइकल बचाउन खोज्दा म भित्तामा ठोक्किएँ । मोटरसाइकल चलाउनेले हेलमेट लगाएका थिएनन् । मोटरसाइकल अचानक मोडिएर लेगगार्डले मेरो गाडीमा ठोक्किएको थियो ।

दुर्घटना भएपछि त्यहाँ तनावको अवस्था भयो । पब्लिकहरु जम्मा भए । कसैले ढुंगा, कसैले लाठी बोक्नुभएको थियो । ममाथि आक्रमण गर्ने अवस्था भएपछि म त्यहाँबाट एउटा मोटरसाइकलमा भागें । साथीको घरमा गएर बसिरहें । त्यहाँबाट दुर्घटना स्थलको दृश्य हेरिरहें ।

म बौद्ध प्रहरीमा जाँदैछु । अनुसन्धानमा सहयोग गर्छु । उहाँहरुलाई निको होस् । उहाँहरु ठीक हुनुभयो भने म थुनाभित्र पनि खुशी हुनेछु ।

आज मेरो कालो दिन रहेछ । सपनाजस्तो लागिरहेको छ । मेरी बुढीआमाले सुनेर कति आत्तिनुभयो होला । उहाँर्लाइ मेरो दुख देख्न लेखेको रहेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर