यू-१९ महिला एसिया कप: नेपाल, भारत र पाकिस्तान एउटै समूहमा
नेपाल प्रेस
२०८१ कार्तिक २८ गते १९:२२
काठमाडौं । मलेसियामा यही डिसेम्बरमा हुने एसीसी महिला यू-१९ टी-२० एसिया कप क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । एसिया कप डिसेम्बर १५ देखि २२ सम्म हुनेछ ।
नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तान र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
बुधबार यूएईलाई हराउँदै नेपाल सन् २०२५ मा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप र आउँदो एसिया कपमा छनोट भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर