गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन – Nepal Press

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी गौचनको गएराती निधन भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

डेंगु संक्रमित भएकी उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *