प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता नभएको बताएका छन्।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको बताए।

उनले भने,’अहिले राजनीतिक अलिक जटिल हुँदै गएको महसुश मलाई भएको छ। हामी सबैले पनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन। यसो भन्दा प्रचण्ड सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन। अहिले मैले प्रधानमन्त्री हुँदा भन्दा कम्फटेबल फिल गरेको छु, रिल्याक्स छु। जनताको बीचमा गएको छु।’

उनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे। उनले आफूलाई ठूलो संघर्षबाट ल्याएको व्यवस्था र संविधानमाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको बताए।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड (भिडिओ)

  1. दिनदिनै छटपटिएर बरबराउँदै हिडेको किन त ? हुँदा हुँदा ओलिकले चाईना कार्ड खेल्न लागे भनेर भारतको दलाली गर्न भ्यायौ । ओलि तिमीजस्तो भारतको दलाल होईन । एउटा देशमाथिको मात्र निर्भरता हटाउन ओलिले चिनतिर पनि कनेक्टिभिटी बढाउन लागेका हुन् । त्यो कुरा भारतीय दलालहरूलाई सह्य हुने कुरै भएन । भारत आफू ब्रिक्समा चीनसँगै छ, सबैभन्दा धेरै आयात चीनबाट गर्छ तर नेपालको विजुलीमा चिनियाँ लगानी मात्र होईन ठेकेदार भए पनि हुँदैन भन्छ
    यस्ता दुष्ट देशको दलाल बन्नु भन्दा त बरू भोकै मर्नु बेश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर