इलाम एमालेमा सर्वसम्मतको प्रयास असफल- नेतृत्व छान्न मतदान जारी
अध्यक्षदेखि उपसचिवसम्म को-को छन् मैदानमा ?
विराटनगर । नेकपा एमाले इलामको नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।
११औँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि भोटिङ सुरू भएको हो । अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराई भिडेका छन् ।
यस्तै उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनालले मनोनयन दर्ता गराएका छन् । सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ ।
एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती, यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठ मैदानमा छन् ।
अधिवेशनमा ५८७ प्रतिनिधि भेला भएका छन् ।