पैसा तिरेर भए पनि स्टार स्पोर्ट्समै एनपीएल लाइभ गर्नुपर्ने भयोः पारस खड्का (भिडिओ) – Nepal Press

पैसा तिरेर भए पनि स्टार स्पोर्ट्समै एनपीएल लाइभ गर्नुपर्ने भयोः पारस खड्का (भिडिओ)

सिद्धार्थ बैंकसँग रेकर्ड ब्रेक गर्ने सम्झाैता भएको दाबी

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा दिएर नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गराउन लागिएको बताएका छन् ।

उनले स्टार स्पोर्ट्ससँग गरिएको सम्झौताको रकम भने खुलाएनन् ।

संसारभरका ठूला खेलाडीलाई नेपाल ल्याएर खेलाउनका लागि स्टार स्पोर्ट्समा पैसा तिरेर लाइभ गर्नुपर्ने बाध्यता परेको पारसले तर्क गरे ।

उनले भने, ‘स्टार स्पोट्र्समा देखाउन पाउनु नै ठूलो कुरा हो । त्यसमा स्लट लिनै गाह्रो थियो । अहिलेको लागि हामीले केही पैसा तिर्नुपर्ने हुन्छ । हामीले नेपाली क्रिकेटलाई विश्वमाझ देखाउन चाहन्छौं । स्टार स्पोर्ट्समा म्याच नदेखाइकन संसारका ठूला खेलाडीलाई ल्याउन सक्दैनौं ।’

स्टार स्पोर्ट्सले प्रशारण मात्रै गर्छ कि प्रोडक्सन पनि गर्छ भन्नेमा उनले स्पष्ट जवाफ दिएनन् । स्थानीय प्रशारकको पनि चाँडै घोषणा गर्ने उनले बताए ।

एनपीएलको टाइटल स्पोन्सर गरेको सिद्धार्थ बैंकसँग गरिएको सम्झौताको रकम पनि खुलाएनन् । यद्यपि, यो रकम ‘रेकर्ड ब्रेकिङ’ रहेको उनले बताए । साथै, एनपीएलको कुल आम्दानीको ५० प्रतिशत फ्रेन्चाइज टिमहरु पाउने पारसले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर