प्रकाशमानको आग्रह- अब पनि यसरी कांग्रेस चल्दैन, गुटबन्दी छाडौं – Nepal Press

प्रकाशमानको आग्रह- अब पनि यसरी कांग्रेस चल्दैन, गुटबन्दी छाडौं

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुदृढ बनाउन गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार जिल्ला कार्यसमिति मोरङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको लागि मूल चुनौती रहेको बताए ।

यसैगरी अब पार्टी नचल्ने भन्दै कांग्रेसलाई बलियो बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘पार्टी व्यवस्थापन नै कांग्रेसको चुनौती हो । ग्रुपिजम न्यूनीकरण गर्दै जानुपर्छ । १४औं महाधिवेशनमा वरिष्ठताकै आधारमा मैले सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएका थिए । आफ्नो अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही होइन भन्ने प्रवृत्ति १४ महाधिवेशनमा देखिएको थियो ।’

उनले आफ्नो स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेको प्रष्ट पारे । आउँदो महाधिवेशनमा के गर्ने भन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको सिंहको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले ७ बुँदे सहमतिको जगमा वर्तमान सरकार बनेको भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर