क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा सीताराम न्यौपाने पुनः निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त निर्वाचित भएको हो ।
महोत्तरीको बर्दिवासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायण प्रसाद यादव, बागमतीबाट देवराज लुइँटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा देवराज तामाङ चुनिएका छन् । सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । सहसचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् ।
महासंघको अध्यक्षमा पुनः निर्वाचित भएका न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्या अघिल्ला तीन वर्षमा सरोकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्या समाधान गर्न थप मेहनत गर्ने बताए ।