भारतीय मिडियामा प्रचण्डको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले जनायो औपचारिक विरोध
काठमाडौं । दक्षिण भारतबाट सञ्चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मुद्दामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ ।
एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन् । वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ ।
अन्तर्वार्तामा प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उनले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गरेका थिए ।
यसमा एमालेले कडा आलोचना गर्दै भनेको छ, ‘प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको कोमल सन्तुलनलाई नजरअन्दाज गरेको छ ।’
प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व तथा राजनेताको रुपमा नेपालको सार्वभौमसत्तालाई ख्यालमा राखेर काम गरेको वक्तव्यमा भनिएको छ । कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओलीले भारतभन्दा चीन पहिलो भ्रमणमा जाने हो भन्ने सवालमा नेपाल जस्तो सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतै जाने प्रतिक्रिया दिइसकेका छन् ।
याे पनि पढ्नुस् : भारतीय मिडियामा पूर्वप्रधानमन्त्री प्रचण्डको आपत्तिजनक अभिव्यक्ति, राष्ट्रिय हित र परराष्ट्र नीतिमाथि आघात
प्रचण्डको चतुरता !!
=============
१. गोएल-सोएल जोडेर भारत परस्त भन्ने अनि अहिले ‘चाइना कार्ड’ भन्ने !! खासमा, प्रचण्ड भनत: तिम्रो मगजमा कत्ति वटा तार छन्, कत्ति वटा च्यानल छन् अनि ती कस कसले चलाउञ्छन, कसकसले कन्ट्रोल गर्छन ?
२. बाबुराम कार्ड खेलेर किरण तर्साउने, किरण कार्ड खेलेर बाबुराम तर्साउने, कांग्रेस कार्ड खेलेर एमाले तर्साउने, एमाले कार्ड खेलेर कांग्रेश तर्साउने, त्यो त हुँदै थियो, चीन संग नजिकको नाम “माओबाद” राखेर भारतको चाकडी गर्ने गरेको तिम्रो बिगत र आखै अगाडी छन् त !!
३. म्याजिक नम्बर भदै च्याँखे दाउ खेल्न मस्त अनि अभ्यस्त त आफैं छौ नि !!
४. त्यो भन्दा बढी, तिमी देशको प्रधानमन्त्री भै सकेको मान्छे, अझै वैटिंग पिएम भन्छौ, तिम्रो मन भित्र भारत भक्ति त्यो बिधि भए पनि यो बोल्ने कुरा बोलेउ ?? त्यो बापत केहि थान राँगा उपहार पाउलाउ पक्का, तर नेपाल र नेपालीलाई के ?? तर !!
५. तिम्रो बोलीले स्वाभिमानी नेपालीलाई केहि फरक पर्दैन तर नेपाल निल्न दाउ हेरेर बसेको दुस्ट छिमेकीलाई हौस्याएउ, टेवा दिएउ : अझ भनौ, त्येताको ‘असल कुता’ आफु भएको र रहिरहेको प्रमाण फेरी पेस गरेउ : ‘दोश्रो लेन्डुप दोर्जी’ को दर्जा पाउने ब्येक्तिको पहिचान भयो अब : बधाई छ !! सुनी अनि गुनी राख है जन-जनले !!! सतर्क होउ है नेपाली जनता !!
नेपाली गद्दार हुन प्रचण्ड उनले विगतमा १७ हजार नेपालीको ज्यान जाने हत्याहिंसा भारतको डिजाइनमा गरेर ठुलो कम्युनिस्ट पार्टी फुटाउदा comfortable government विषय हामी नेपालीले भुलेका छैनौं