कीर्तिपुर मेयरमा मनोनयनपछि डा. सुरेन्द्रले भने- हामीप्रतिको आशा व्यवहारमा देखाउँछौं
नेपाल प्रेस
२०८१ मंसिर २ गते १२:४८
काठमाडौं । नेकपा एमालेबाट कीर्तिपुर नगरपालिकाका मेयर उम्मेदवार डा. सुरेन्द्र मानन्धले पार्टी र आफूहरूप्रतिको आशा व्यवहारमा परिणत गर्ने बाचा गरेका छन् ।
मंसिर १६ मा हुने उपचुनावको लागि उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले एकता सहकार्यसहित नगरको समृद्धि र विकासको एजेण्डा लिएर जनतामाझ जाने बताए ।
‘हाम्रो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउँछौं । शान्ति र बस्न योग्य बनाउँछौँ’, उनले भने ।
आफू निर्वाचित भए अन्य पार्टीले उठाएका विकासका एजेण्डालाई पनि सँगै लिएर जाने उनले बताए ।
विज्ञ र ज्ञाताहरूलाई नगर निर्माणमा लगाउने भन्दै जनताले एमालेलाई माया र सद्भाव देखाएको उनले दाबी गरे ।
प्रतिक्रिया
विजयको शुभकामना ।