खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै हिस्स
काठमाडौं । कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिन तामझामसहित निस्किएका अष्टमान महर्जन बीच बाटोबाटै फर्किनु परेको छ । उनले माओवादीबाट उम्मेदवारी दिने तयारी गरेका थिए ।
टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्याली निर्वाचन आयोगतर्फ जाँदै थियो । बाटोमा नै १ नम्बर वडामा माओवादीले जसपालाई सघाउन लागेको खबर आयो । त्यसपछि महर्जन हिस्स परेका थिए । यद्यपि, उनले कुनै पनि दुःखमनाउ गरेनन् ।
माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ । माओवादीको र्यालीमा सरल पनि मिसिएका थिए । अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाए । उनले पत्रकारसँग कुरा गर्दै आफू पार्टीको निर्णय मान्ने बताए ।
‘पार्टीले जसपासँग गठवन्धन गर्ने निर्णय गरेको छ । म बागी उम्मेदवारी दिन्नँ । सरल महर्जनलाई मेरो समर्थन छ’, उनले भने ।
हारिने चुनावमा पैसा खर्च गर्नुभन्दा अर्कोलाई समर्थन गरेकै राम्रो । पार्टीको निर्णय मानेजस्तो पनि भयो पैसा पनि जोगियो । जित्नेजस्तो भए त स्वतन्त्रमा भए पनि उम्मेदवारी दिईहाल्थे नि ।