कोशी नाम खारेजीको आन्दोलन फेरि ब्युँतिदै, विराटनगरको सुरक्षा कडा – Nepal Press

कोशी नाम खारेजीको आन्दोलन फेरि ब्युँतिदै, विराटनगरको सुरक्षा कडा

विराटनगर । प्रदेशको नाम खारेजी माग राख्दै कोशीमा फेरि आन्दोलन ब्युँतिएको छ ।

आज विराटनगरमा आम सभा गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागिएको हो । प्रदेश नम्बर १ पुन:नामकरण संघर्ष समितिको आयोजनामा भएको सभामा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भेला गरिएको छ ।

सभामा सहभागीहरूले पाथीभरामा केबलकार निर्माणको समेत विरोध जनाएका छन् । आन्दोलनमा विभिन्न जातीय संस्थाको व्यानरसहित प्रदर्शनकारी उपस्थित छन् ।

आमसभालाई ध्यानमा राखेर विराटनगरमा सुरक्षा अवस्था कडा पारिएको छ । विभिन्न स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । कार्यक्रम आयोजकले शान्तिपूर्ण गर्ने बताँउदै आएका छन् ।

यसअघिको आन्दोलन पनि शान्तिपूर्ण हुने भनिए पनि तोडफोड भएको थियो ।


प्रतिक्रिया

One thought on “कोशी नाम खारेजीको आन्दोलन फेरि ब्युँतिदै, विराटनगरको सुरक्षा कडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर