पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपति पाैडेलद्वारा दु:ख व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका ढुंगानाले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाएको भन्दै ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई मुलुकले सधै स्मरण गरिरहने राष्ट्रपति पौडेलले बताएका छन् ।
उनले भनेका छन्,‘पूर्व सभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई मुलुकले सधै स्मरण गरिरहनेछ । दुखको यस घडिमा प्रिय मित्र ढुंगानाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
कलेजो रोगबाट पीडित पूर्वसभामुख ढुंगानाको आज उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।