मकवानपुरको हेटौंडा- १२ मा १४ जनाको मनोनयन दर्ता
हेटौंडा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदको लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
वडा निर्वाचन अधिकृतको कार्यालय पुगेर १४ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली काङ्ग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेम लामा भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशवीर बल र नेकपा एकीकृत समाजवादीबाट बलराम बल रहेका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीकी फुलमाया तितुङ, मंगल नेशनल अर्गनाइजेसनका दीपा लामा, जनता समाजवादीका छविलाल वाइबाले पनि मनोनयन दर्ता गराएका छन् ।
स्वतन्त्रतर्फ कुमार पोखरेल, गीताकुमारी नेवार, क्षेत्रप्रसाद अधिकारी, अर्जुन घलान र युनिस लामाले उम्मेदवारी दिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा हेटौंडाको एकमात्र वडा जितेको माओवादी केन्द्रले तत्कालीन माओवादी-कांग्रेस सत्ता गठबन्धनमा आफ्नो भागमा जिल्ला समन्वय समिति परेपछि निर्वाचित वडाध्यक्ष ललितबहादुर घलानलाई समन्वय प्रमुख बनाएसँगै १२ नम्बर वडा अध्यक्षविहीन बनेको थियो । सोही कारण रिक्त रहेको वडाध्यक्षको लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको हो ।