रास्वपाले दिएन पुथा उत्तरगंगाको उपाध्यक्ष र २ को वडाध्यक्षमा उम्मेदवारी
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ मा उम्मेदवारी दिएको छैन ।
लुम्बिनी प्रदेशमा हुने १ उपाध्यक्ष र ५ वडाको उपनिर्वाचनमा रुकुम पूर्व गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्षबाहेक अन्य ठाउँमा उम्मेदवारी दिएको सो पार्टीले जनाएको छ ।
तयारी नपुगेका कारण उम्मेदवारी नदिएको रास्वपा लुम्बिनी प्रदेशका अध्यक्ष देवराज पाठकले बताए ।
उनका अनुसार कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा अवदेशकुमार चौधरी, बर्दियाको ठाकुरबाबा– ४ मा वासुदेव शर्मा, गुल्मीको मुसिकोट नगरपालिका–१ मा विकास थापा, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ हेमबहादुर पुनले उम्मेदवारी दर्ता भएको छ ।