गुल्मी मुसिकोट १ मा ८ जना प्रतिस्पर्धामा, एमाले-कांग्रेसबीच नै मुख्य लडाई – Nepal Press

गुल्मी मुसिकोट १ मा ८ जना प्रतिस्पर्धामा, एमाले-कांग्रेसबीच नै मुख्य लडाई

रुपन्देही । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर १ को वडाअध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन् । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । ५ जना राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमलले बताए ।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु गर्न थालेका छन् । दलहरुले वडामा उम्मेदबार छान्ने र चुनाव लक्षित कार्यक्रमहरु पनि गर्न थालेका छन् । वडामा ४ हजार ५१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ । २०७९ को निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर