कपनमा ओखरको दानाबाट जुवा खेलिरहेका २१ जना पक्राउ, सवा ५ लाख नगद बरामद
काठमाडौं । प्रहरीले कपन, लसुनडाँडाबाट ओखरले जुवा खेल्ने २१ जनालाई पक्राउ गरेको छ ।
कौडा, तास तथा विभिन्न डिजिटल उपायले जुवा खेलेजस्तै ओखरले जुवा खेल्ने यो नौलो तरिका भएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरी उनीहरूलाई प्रहरी बृत्त बौद्धमा आवश्यक कारवाहीका निम्ति पठाइएको टेकु प्रहरीले जनाएको छ ।
उनीहरूबाट ५ लाख २४ हजार ७ सय ५० रुपैयाँ बरामद भएको छ ।
पक्राउ पर्नेमा खोटाङ बाक्सिला न.पा.२ मनि राज अधिकारी, ओखलढुङा सुनकोशी गा.पा.३ का नृप लाल बराल, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं.५ की कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध गा.पा.४ की अनुषा लामा, काठमाडौ बु.न.पा. ११ का सन्तोष गुरुङ, बु.न.पा.११ कै उज्वल तामाङ काभ्रेपलाञ्चोक खानिखोला गा.पा.४ का चेत कुमार थोकर, सिन्धुपाल्चोक हेलम्बु ५ का ईन्द्र बहादुर गिरी, काभ्रेपलान्चोक पनौती १२ का शेर्पा लामा, नुवाकोट तादी ४ का सुवास आचार्य, ईन्द्रावती गा.पा. ६ का रमेश तामाङ, बु.न.पा. ११ काठमाडौंका अनन्त खड्का, सोही नगरपालिका ११ का नन्दन थापा रहेका छन् ।
त्यसैगरी, बु.न.पा. वडा न. ४ का चन्द्र धिताल, भोज बहादुर थापा, ओखलढुङ्गा खिजीदेम्बा गा.पा. ५ का लाल काजी बि.क., सिन्धुपालाचोक मेलम्ची न.पा. वडा न. ४का प्रदिप तामाङ, दोलखा शैलुङ गा.पा. वडा न.८ का रोशन तामाङ, प्यूठान मल्लराजी गा.पा. ५ का बिर बहादुर पुन, बु.न.पा. ११ का रन्जित थापा मगर र प्रशान्त लामा रहेका प्रहरीले जनाएको छ ।