श्रीलङ्काको दुई तिहाइ वामपन्थी क्याबिनेट: २१ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना प्राध्यापक – Nepal Press

श्रीलङ्काको दुई तिहाइ वामपन्थी क्याबिनेट: २१ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना प्राध्यापक

काठमाडौं । हालै सम्पन्न आमनिर्वाचनपछि दक्षिण एसियाली टापु देश श्रीलङ्काको नयाँ क्याबिनेट तयार भएको छ । वामपन्थी राष्ट्रपति अनुराकुमारा दिसानायकेले यस अगाडि नियुक्त गरिएकै अनुहार डा. हरिनी आमारासुरियालाई प्रधानमन्त्री बनाएका छन् ।

संसद विघटन गरेर भएको चुनावमा वामपन्थी गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी)ले भव्य जीत निकालेपछिको ताजा जनादेशसहित यो क्याबिनेट आज चयन भएको छ ।

प्राध्यापनबाट राजनीतिमा आएकी प्रधानमन्त्री हरिनीको क्याबिनेटमा पाँच अनुहार प्राध्यापक छन । उनीबाहेक अरु दुई जनाको नाम अगाडि डाक्टर जोडिएको छ । २१ सदस्यीय क्याबिनेटमा रक्षा, अर्थ, योजना र डिजिटल अर्थतन्त्र मन्त्रालय राष्ट्रपति अनुरा आफैंले राखेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयको मिडिया डिभिजनले उल्लेख गरेको छ ।

गत चुनावमा २२५ सदस्यीय सदनमा ३ सीट ल्याएको एनपीपीले अहिले दुई तिहाइ बढी १५९ स्थान ल्याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *