शेयर बजारमा उच्च अंकको गिरावट, १० अर्ब बढीको कारोबार – Nepal Press

शेयर बजारमा उच्च अंकको गिरावट, १० अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ५१.११ अंकले घटेर दुई हजार ७ सय २ दशमलव ६५ विन्दुमा झरेर बन्द भएको छ ।

बजार घटेपनि कारोबार रकम भने १० अर्ब नाघेको छ । मंगलबार १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २० कम्पनीको शेयरमूल्य बढ्दा २२४ को घट्यो भने एक कम्पनीको स्थिर रहेको छ ।

घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार २२६ रुपैयाँ पुगेको छ । यसका साथै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ७.२७ प्रतिशतले बढेको छ ।

तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घट्दा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *