किन ठूलो मात्रामा घुम्ती आणविक सेल्टर बनाउँदैछ रुस ? – Nepal Press

किन ठूलो मात्रामा घुम्ती आणविक सेल्टर बनाउँदैछ रुस ?

काठमाडौं । अहिले रुसका सामाजिक सन्जालमा केही तस्बिर भाइरल छन् । तस्बिरमा ट्रकबाट मान्छेका साना आधुनिक झुप्रो बोकेको जस्तो देखिन्छ । तर, यी सामान्य घर वा झुप्रा होइनन् ।

यी त आणविक घुम्ती सेल्टर हुन् । रुसले यस्ता सेल्टर ठूलो परिणाममा उत्पादन सुरु गरेको उल्लेख गरेको छ । यो खबर रुसी विश्व च्यानल आरटीबाट सार्वजनिक भएको छ ।

आरटीले आणविक विस्फोटको विकिरण तथा आणविक प्रदुसणबाट जोगाउन यस्तो उत्पादन ठूलो मात्रामा भएको बताएको छ । मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सेप्टेम्बरमा बनेको आणविक कानून प्रमाणीकरण गरेसँगै यो खबर सार्वजनिक भएको छ ।

रुसको ताजा कानूनले कुनै आणविक देशको साथमा गैरआणविक देशले रुसी भूमिमा आक्रमण गरेमा आणविक देशकै आक्रमणको रुपमा लिएर त्यहीअनुसारको जवाफ दिने रुसी कानून लागू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *