नेपाल आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।
प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएका हुन् ।
भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हे।क्वा।को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भोलि एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
साथै, उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
उनी ९ गते स्वदेश फिर्ता हुनेछन् ।