बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा (भिडिओ) – Nepal Press

बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा (भिडिओ)

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन् ।

महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको प्रष्ट्याए । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारे ।

उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताए ।

महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताए ।

यस्तो छ थापाको भनाइः

अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमती छ, व्यापक रुपमा मतभिन्नता छ । साथीहरु हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म ।

तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरुमा पनि हाम्रा कतिपय विषयहरुमा भिन्न एप्रोचहरु छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ । हाम्रा केही कुराहरु साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्नेकुरा संविधानले नै व्यवस्था गरेको छ ।

हाम्रा पार्टीका नीतिहरुले हामीलाई बाँधेको छ । राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरु हौं । हाम्रा आफ्ना सीमाहरु छन । तर हामी यो पनि मान्दछौं कि हाम्रा प्राथमिकताहरु फरक हुन सक्दछन् । नेपाली काँग्रेस पार्टी नेपालको स्वतन्त्रता, नेपालको अभिभाज्ययता, नेपालको सार्वभौमिकता तमाम कुराहरुका सन्दर्भमा अन्कम्पमाईजिङ यस्तो आफ्नो स्टयाण्ड सदा रहँदै आयो ।

त्यसमा हामीलाई कसैले भन्नुपनि परेन । हामीले यसलाई प्रमाणित गर्नुपनि पर्दैन । हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौं । हामी यो पनि प्रष्ट छौ–कुनै पनि देशको सैन्य गठबन्धनमा नेपालको हित छैन । त्यसकारणले कुनै पनि देशको न छिमकी न परेको । हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ । हाम्रो विकासका लागि हाम्रो यति धेर आकांक्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ ।

तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौं । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? हामी सबै छिमेकीहरुसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूलाठूला विकासका परियोजनाहरु छन । त्यसमा साझेदारी गर्न चाहन्छौं । हामी उनीहरुबाट अनुदानबाट हामी हाम्रा विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं ।

यी हाम्रा प्राथमिकताहरु छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौं भन्ने कुराको बारेमा सोच्दछौं । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौं । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौं । यो आगामी दिनमा हुँदै जाने छलफलहरु हो । यो एउटा पाटो हो, हामी गर्छौ । यो हामी सम्हाल्छौं ।

 


प्रतिक्रिया

One thought on “बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा (भिडिओ)

  1. बिआरआई रोक्न नेपालमा अमेरिका र भारतले भाडाका टट्टुहरू छोडेको छ । एमालेलाई जनताले बहुमत दिएको दिन बिआरआई पूर्णरूपमा लागू हुन्छ र देशले सदियौं देखिको दक्षिणको हेपाईबाट मुक्ति पाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *