उच्च र जिल्ला अदालतका गरी १३ न्यायाधीशको सरुवा (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका २ जना र जिल्ला अदालतका ११ सहित १३ न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा गरेको न्याय परिषद्को सचिवालयले जनाएको हो ।
सरुवा सूची अनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेलेको उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा भएको छ भने उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रेखा थापाको उच्च अदालत बिराटनगरको इलाम इजलासमा सरुवा भएको छ ।
बैठकले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद सचिवालयका प्रवक्ता एवम सहसचिव अशोकुमार क्षेत्रीले जानकारी दिए ।