नेप्सेद्वारा यी ११२ काराेबारयाेग्य कम्पनी सार्वजनिक
नेपाल प्रेस
२०८१ मंसिर ६ गते १४:५७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र व्यापारीहरूको लागि कारोबार योग्य कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार नेप्सेले कारोबार योग्य ११२ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो ।
कारोबार योग्य कम्पनीहरूमा २६ लघुवित्त संस्था रहेका छन् भने २५ वटा जलविद्युत कम्पनी छन् । यसका साथै १९ वटा वाणिज्य बैंक रहेका छन् भने ९ वटा विकास बैंक कारोबार योग्य छन् ।
त्यस्तै, कारोबार योग्य कम्पनीहरूमा ५ फाइनान्स कम्पनी, ७ जीवन बीमा कम्पनी, ११ निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी र उत्पादन तथा अन्य समूहका २/२ वटा कम्पनी रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर