मेडिसिटी अस्पतालमा मृत्यु भएका सुब्बाको शव छैटाै‌ दिनमा आफन्तले बुझे – Nepal Press

मेडिसिटी अस्पतालमा मृत्यु भएका सुब्बाको शव छैटाै‌ दिनमा आफन्तले बुझे

काठमाडौं । मृगौला प्रत्यारोपणपछि मेडिसिटी अस्पतालमा मृत्यु भएका सरोज सुब्बाको शव आज आफन्तले बुझेका छन् । फलोअपका लागि अस्पतालमा भर्ना भएका सुब्बाको गत १ मंसिरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अस्पतालले मृत्युअघि बिरामीको मृगौला गायब पारिदिएको आफन्तले आरोप लगाएका थिए । अस्पतालले भने परिवारको स्वीकृति लिएर संक्रमित मिर्गौला झिकिएको बताएको छ ।

मृतकका ज्वाइँ कुमार राईले आज अस्पतालसँग शव बुझेर इलाम लगिरहेको बताए ।

उनले भने, ‘ठूला मान्छेसँग हामीले न्याय खोज्दा पाउने रहेन छौं । अब कति दिन आन्दोलन गर्ने ? घट्ना घटिसक्यो । परम्परा अनुसार शवको अन्त्येष्टि गर्छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर