सहसचिवको तलब बढाउने फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय – Nepal Press

सहसचिवको तलब बढाउने फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रम र जेष्ठताक्रम व्यवस्थापनका क्रममा सहसचिवको तलब बढाउन दिएको आदेश पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फैसलाले कार्यपालिकाको कार्यकारिणी क्षेत्राधिकारमा हस्तक्षेत्र भएको र उक्त फैसला कार्यान्वयन गर्दा मुलुकको अर्थतन्त्रले थेग्नै नसक्ने भन्दै पुनरावलोकन हुनुपर्ने माग सहित सरकारले यस अघि सर्वोच्च अदालतले दिएको आदेशको पुनरावलोकनको निवेदन दर्ता गराएको थियो ।

सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेपछि तलब बढाउनुपर्ने माग राखेर सर्वोच्च अदालत गएका सहसचिवको मुद्दामाथि फेरि सुरूदेखि नै सुनुवाई हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर