नेपालले पायो डबल बी माइनस ‘कन्ट्री रेटिङ’, यसले के दर्शाउँछ ? – Nepal Press

नेपालले पायो डबल बी माइनस ‘कन्ट्री रेटिङ’, यसले के दर्शाउँछ ?

काठमाडौं । नेपालले पहिलो पटक ‘कन्ट्री रेटिङ’ पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई डबल बी माइनस ‘कन्ट्री रेटिङ’ दिएको हो ।

नेपाल सरकारले पहिलो पटक कन्ट्री रेटिङ गराएको हो । दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालले राम्रो रेटिङ पाएको छ । राजनीतिमा अस्थिरता र चुनौतीका बीच नेपालले आर्थिक सुधारका लागि महत्त्वपूर्ण कदम चालेको भन्दै फिचले उक्त रेटिङ दिएको हो ।

नेपालले पाएको रेटिङ सोचेभन्दा राम्रो रहेको चार्टर्ड एकाउन्टेन्स संघका अध्यक्ष अरुण राउत बताउँछन् । उनी भन्छन्, ‘नेपालले पाइको रेटिङ सोचेभन्दा राम्रो हो । हामीले सीसम्म प्राप्त हुन्छ होला भनेर अनुमान गरिरहेका थियौँ । तर, डबल बी माइनस पायो ।’

उनका अनुसार रेटिङमा एएए प्राप्त भएमा सबैभन्दा राम्रो मानिन्छ । तर, नेपालले पाएको रेटिङ पनि अपेक्षाभन्दा राम्रो रहेको छ । यो रेटिङले नेपालमा लगानी गर्ने विषयमा फरक पार्छ ।

‘नेपालमा लगानीको वातावरण छैन भनेर जसरी हल्लाहरू फैलिरहेको थियो । यो कन्ट्री रेटिङले सकारात्मक सन्देश दिनेछ । अब कन्ट्री रेटिङ पाएपछि नेपालमा लगानी गर्न लगानीकर्ताहरू के हो के हो भनेर अलमलिनु परेन’, उनले नेपाल प्रेससँग भने ।

उनका अनुसार विदेशी कम्पनीहरूले नेपालमा लगानी गर्दा देशको रेटिङ कस्तो छ भनेर हेर्ने गर्छन् । यो नेपालले पाएको रेटिङको आधारमा अब नेपालमा लगानी गर्न चाहानेहरुलाई यहाँको अवस्था स्पष्ट पारेको छ ।

‘नेपालमा अहिले ग्रिन बण्डको कुरा आइरहेको छ । कुनै पनि कम्पनीले बण्डहरु जारी गर्यो भने प्रिमियम लगाउने भन्ने हुन्छ । यो जति धेरै रेटिङ कम भयो त्यति रिस्क भन्ने हुन्छ । सी या डी आएको थियो भने जारी नै गर्न मिल्दैन थियो । अहिले जुन पायो त्यसले कम्तीमा जारी गर्न मिल्ने भयो’, अध्यक्ष राउतले भने ।

 


प्रतिक्रिया

One thought on “नेपालले पायो डबल बी माइनस ‘कन्ट्री रेटिङ’, यसले के दर्शाउँछ ?

  1. यस्ता रेटिंग को के अर्थ छ? कसले मापदण्ड बनाउछ, कसरी बनाउछ , त्यसरी बनाउदा के लाइ आधार मानिन्छ, त्यहा के के त्थयांक राखीन्छ, कसरी ति तथ्यांक संकलन गरिन्छ, कुन statistical tool राखेर विश्लेषण गरिन्छ, इत्यादी को चर्चा नै छैन। मानकहरू बनाउॅदा biases हरू कति हुन्छ? यस्तो नसोचि काग पछि कुद्ने कान नछाम्ने गर्नु हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर