सुनको मूल्य तोलामै एक लाख ६५ हजार ५०० पुग्यो – Nepal Press

सुनको मूल्य तोलामै एक लाख ६५ हजार ५०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर