कोटेश्वरमा राष्ट्रिय झण्डा बोकेर दुर्गा प्रसाईँका समर्थकको चहलपहल
नेपाल प्रेस
२०८१ मंसिर ७ गते १२:०३
काठमाडौँ । दुर्गा प्रसाईँका समर्थकहरू कोटेश्वरमा भेला हुन थालेका छन् ।
प्रसाईंले आह्वान गरेको बृहत् नागरिक मुक्ति आन्दोलनमा सहभागी हुन राष्ट्रिय झण्डासहित उनका समर्थक कोटेश्वर आइरहेका छन् ।
बिहान साढे ११ भेला आह्वान गरिएको थियो । तर प्रसाईँ पक्राउ परेका कारण उनका समर्थक अलमलमा परेका छन् ।
त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
आजै सत्तारुढ दल नेकपा एमालेले पनि दरबारमार्गमा शक्ति प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर