एमाले र नेतृत्वविरुद्ध कुप्रचार किन ? भन्दै शंकर पोखरेलले उठाए ९ प्रश्न – Nepal Press

एमाले र नेतृत्वविरुद्ध कुप्रचार किन ? भन्दै शंकर पोखरेलले उठाए ९ प्रश्न

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुरूप प्रायोजित रूपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्नुपर्ने बताएका छन् । देश बनाउनका लागि एमालेले गरेका राम्रा काममा साथ दिन आग्रह गरेका छन् ।

उनले ९ प्रश्न उठाउँदै भनेका छन्, ‘यदी यसो गर्नु गलत लाग्छ भने नेकपा (एमाले) को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षड्यन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं ।’

उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलीयतपूर्ण ऋण सहायता लिनु के गलत हो ? भन्दै प्रश्न गरेका छन् । बीआरआईको बिषयलाई लिएर सत्तारुढ दल एमाले र कांग्रेसबीच मतभेद देखिएको बेलामा उनले यस्तो प्रश्न अघि सारेका हुन् ।

यी हुन् महासचिव पोखरेलले उठाएका ९ प्रश्न

-नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?

-के नेकपा(एमाले)ले स्वाधीनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?

-नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?

-नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?

-नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?

-के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?

-के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?

-के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?

-के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?


प्रतिक्रिया

One thought on “एमाले र नेतृत्वविरुद्ध कुप्रचार किन ? भन्दै शंकर पोखरेलले उठाए ९ प्रश्न

  1. एमालेको सभा माथि प्रस्न उठाउनेलाई :
    १. ‘कुरा’ हैन ‘काम’ थियो, हो र हुने छ एमालेको मन्त्र र त्येही अनुसार देश बनाउन खटियो एमाले !! तर नयाँ नयाँ हुदै नभएका कहाँ कहाँ का के के कुरा जोडेर खुट्टा देखि टाउकै सम्म प्रहार गर्न थाले पछि : नन्दी भिरिंगी अभियन्ता हरु, पत्रकार र पत्रिकाहरु, ठुला ठुल्ला मिडिया हाउसहरु, बढेमानका खाली खोपडी-विद्वानहरु अनि अनलाइन, सामाजिक संजाल मार्फत संसारभरीबाट सुलसुले र छुचुन्द्रेहरु धुरिएर खनिए पछि खपी नसक्नु भयो : आफ्ना कुरा लुकेर छिपेर, अनुहार ढाकेर, रिमोट चालेर पटका पाद्काए जस्तो पड्काएर हैन, छात्ती खोलेर, सबैले देख्ने सुन्ने थाहा पाउने र बुझ्मे गरी आफ्ना कुरा भन्न राजधानीको मुटुमा भेला भएको हो एमाले !!
    २. एउटा राजनैतिक पार्टीले जनतामा आफु सधै जनताको साथमा भएको र जनताको लागि काम गर्दा देश र जनता बिरोधिहरुले के के हर्कत गर्दै छन् र काम गर्न कसरी रोक्दै छन् भन्ने प्रस्ट पार्न उभिएको यौटा जिवन्त पार्टीको भेला हो !!
    ३. चुनावका बेला बिजुली चम्के जस्तै झुल्किने र बाकि समय बिदेशी, बिसेसता भारतीय छट्टुहरुको फरिया समाउन पुग्ने भरिया हरुको टाउको दुख्ने नै भयो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर