बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल – Nepal Press

बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं मानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

हिजो दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना गरेको सम्बन्धमा पोखरेलले आक्रोश पोखेका हुन् ।

कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा जरिवानाको प्रचार गरेर बालेनले स्टन्टवाजी गरेको उनको जिकिर छ ।

‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् ।

मञ्च र वरपरका सामग्री हटाउने काम भइरहँदा समय अगावै जरिवानाको पर्चा सार्वजनिक गरिएको उनको भनाइ छ ।

‘नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’, उनी भन्छन् ।


प्रतिक्रिया

2 thoughts on “बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल

  1. मार्क्सबादीहरू तानाशाही नै हुन्छन् भन्ने यिनको भनाइले पुष्टी गर्छ। बिरोध गरेको सुन्नै नचाहने, आफूले कानून तोड्न पाउनुपर्ने जस्ता उ. कोरियाली शासक चरित्र देखाउछन् त ।

  2. अकस्मात मेयर पद हात लाग्यो । भूईमा खुट्टै छैन । भूईफुट्टा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर