राजेन्द्र लिङ्देन र चिनियाँ राजदूतबीचको भेटमा प्रधानमन्त्रीको भ्रमणदेखि बीआरआईसम्म छलफल
नेपाल प्रेस
२०८१ मंसिर ८ गते १३:१६
काठमाडौं । राष्ट्रिय प्रधानमन्त्री पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ।
राजदूत सोङ्गले राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका हुन्।
भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणदेखि बीआरआई परियोजनाको विषयसम्म छलफल भएको अध्यक्ष लिङ्देनले बताए।
दुई देशबीचको आपसी हित र सम्बन्ध, पोखरा विमानस्थल लगायत विविध पक्षमा कुराकानी भएको जानकारी गराएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर