‘बालेन एमालेप्रति पूर्वाग्रही देखिए, प्रचण्डको जादुको संख्याले अब काम नगर्ने भइसक्यो’
प्रदीप ज्ञवालीको निष्कर्ष- एमालेविरुद्ध भइरहेका भ्रामक प्रचार र देश बन्दैन भन्ने भाष्य चिर्न हिजोको सभा सफल भयो
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले हिजो काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि भन्दै एमालेले हिजो कार्यकर्ता काठमाडौंको दरबार मार्गमा उतारेको थियो ।
एमालेले जागरणसभाको नाम दिएर सडकमा कार्यकर्ता उतारेपछि सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरले एक लाख जरिवाना तोकेको छ । नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमालेलाई काटेको पत्रमा महानगरले फोहरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना तोकिएको उल्लेख छ ।
मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा महानगरले एमालेलाई जरिवानाको पत्र काटेपछि एमालेका नेताहरु रुष्ट छन् । एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर शाह एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा पुष्टि भएको दाबी गरेका छन् । त्योमात्रै होइन, सत्तारुढ दल त्यसमा प्रधानमन्त्री आफैं सडकमा ओर्लिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको छ । काठमाडौं महानगरले काटेको जरिवानाको पत्र, जागरणसभाको औचित्यलगायत विषयमा केन्द्रित रहेर नेपाल प्रेसले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग गरेको सवालजवाफः
– एमालेले काठमाडौंका सडकमा फोहोर गरेको भन्दै महानगरले एक लाखको जरिवाना तोक्यो । त्यसलाई कसरी लिनुहुन्छ ?
त्यो महानगरको पूर्वाग्रह नै देखिन्छ । हामी जहाँ कार्यक्रम गर्छौं, त्यहाँ हाम्रा स्वयम्सेवकहरुले आफैं सरसफाइ गर्छन् । कार्यक्रम नै नसकिँदै २ बजे नै पत्र लेख्नु त पूर्वाग्रह नै देखिन्छ । त्यसको हामीले क्लियर पारेर जवाफ पनि दिन्छौं ।
कार्यक्रम सकिएको छैन, कार्यक्रम सकिएपछि आयोजकहरुले के गर्छन्, फोहोर व्यवस्थापन गर्छन् कि गर्दैनन् भन्ने कुराको न्यूनतम जानकारी नलिइकन २ बजे त हाम्रो कार्यक्रम सुरुमात्रै भएको थियो । त्यसलाई पूर्वाग्रह राखेर राजनीतिक इस्यु बनाउन खोजिँदैछ । यो एकदमै गलत कुरा हो ।
– महानगरका मेयर बालेन शाह एमालेविरुद्ध यसरी लाग्नुको कारण के देख्नुहुन्छ ?
त्यो त उहाँले जान्ने कुरा भयो । उहाँसँग हाम्रो के प्रतिस्पर्धा छ र ? तर पनि कार्यक्रम सुरु हुँदानहुँदै आयोजकहरुले के गर्छन् नहेरी मानौं, क्षति नै भयो रे ! क्षतिको मूल्यांकन गर्ने कुनै पद्धति होला,
फोहोरको पनि मूल्यांकन गर्ने पद्धति होला । त्यो नै नगरी कार्यक्रमको बीचमा पत्र लेख्नु भनेको एकदमै पूर्वाग्रह हो । त्यसको ठोस जवाफ पनि पठाउँछौं । गलत कुराको करेक्सन गर्न पनि लगाउँछौं ।
– हिजो जुन उद्देश्य राखेर कार्यक्रम राख्नुभएको थियो । त्यो कसरी सफल भयो ?
हिजोको हाम्रो कार्यक्रम एमालेका विरुद्ध भइरहेको भ्रामक प्रचार र देशमा केही पनि हुँदैन सबै खत्तम छ भन्ने ढंगले सिर्जना गर्न खोजिएको निराशालाई चिर्ने प्रयास हो । हिजोको कार्यक्रमले त्यो प्रयासमा राम्रो सन्देश दियो भन्ने निष्कर्ष छ ।
– सत्तारुढ दल त्यसमा पनि प्रधानमन्त्री आफैं सडकमा जानु उपयुक्त होइन भन्ने टिप्पणी पनि गरिरहेका छन् नि ?
यस्ता कार्यक्रम दुई प्रकारले प्रेरित हुन्छ । पहिलो- कसैको विरोध वा विरोध प्रदर्शन गर्न । दोस्रो- जनतालाई जागृत गर्ने, सूचना दिने अर्थमा हुन्छन् । हाम्रो कार्यक्रम जनतालाई सूचना दिने र जागृत गर्ने अर्थमा हो । यसरी नै दलहरु र जनताका बीचमा निरन्तर कनेक्सन भई नै रहन्छ ।
बाहिर रहेका मान्छेहरुले भ्रम फैलाउन खोजेपछि त्यसलाई स्पष्ट पार्न खोज्नुभएको हो, कुनै आन्तरिक कारणले होइन । नेपालमा राजनीतिक अस्थितरता एउटा रोग जस्तै छ।
जनतासँग राजनीतिक दल जोडिने कसरी त ? सेवामार्फत जोडिने हो, अरु विभिन्न कार्यक्रममार्फत जोडिने हो, निर्वाचनमार्फत जोडिने हो । बेला-मौकामा सभा समारोहमार्फत पनि जोडिने हो । त्यसैले हामीले जनतासँग जोडिने माध्यमको रुपमा हिजोको कार्यक्रम गरेका हौं ।
– दुई ठूला दल मिलेर सरकार बनेको छ, तर प्रधानमन्त्रीले हिजोको सभामा पनि सरकारको आयु तोक्नुभयो । किन पटक पटक यो कुरा दोहोर्याइराख्नु भएको छ ?
बाहिर रहेका मान्छेहरुले भ्रम फैलाउन खोजेपछि त्यसलाई स्पष्ट पार्न खोज्नुभएको हो, कुनै आन्तरिक कारणले होइन । नेपालमा राजनीतिक अस्थितरता एउटा रोग जस्तै छ। हिजो बीपी कोइरालादेखि अहिले केपी ओलीसम्म आइपुग्दा पनि दुई तिहाइ भएको सरकारलाई पनि टिक्न नदिने, निरन्तर राजनीतिक अस्थिरता सिर्जना गरिराख्ने र त्यो अस्थिरताभित्र अनुचित लाभ लिने प्रवृत्ति छ ।
त्यही प्रवृत्तिको कारणले अहिले यो सरकार बन्दा कतिपय साना दलहरुको बार्गेनिङ गर्ने बाटो पनि टुटेको छ । त्यसैले यो कांग्रेस र एमालेबीचको सहकार्य लामो दिन टिक्दैन भन्ने फैलाइरहेको भ्रमलाई चिर्न खोजेकोमात्रै हो ।
– प्रधानमन्त्रीले मात्रै होइन, कांग्रेस सभापतिले पनि सरकारको आयुबारे बोल्न थाल्नुभएको छ । यता प्रचण्डले हाम्रो जादुको संख्या अझै कायम छ भन्न थाल्नुभएको छ । कतै खटपट भएर प्रचण्डको यो अभिव्यक्ति आएको होइन त ?
होइन, उहाँको त्यो एउटा दिमागी कल्पनामात्रै हो । माओवादी र प्रचण्डले चाहेर सरकार परिवर्तनको कुनै सम्भावना छैन । उहाँको एकखालको बेचैनी हो । उहाँ कहिले बंगलादेश, कहिले श्रीलंका बनाउने कुरा गर्नुहुन्छ । कोशी प्रदेशमा आफ्नै सांसदहरुको सहभागितामा प्रदेशको नामकरण गरेकोविरुद्ध अहिले जातीय संगठनहरुसँग हातेमालो गर्न थाल्नुभएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउन खोज्नुभएको छ । यो बीचमा दरवारियाहरुसँग पनि बाक्लो बसाइ भइरहेको छ । उहाँ सत्ताबाट बाहिरिएपछि विचलनमा देखिनुभएको छ । त्यही विचलनको अभिव्यक्ति हो । त्यो केही पनि हुनेवाला छैन ।
अब चाही बोल्ने पर्ने भयो : भारतले खटाएका जुकाहरुले अत्ति गरे !!
==========================================
१. देशको सबै भन्दा बलियो सक्ति जुन देशको स्वाभिमान जोगाउन लड्दै छ, देश बनाउन जुट्दै छ र जनताको सुक्खको लागि काम गर्दै छ, त्यो ‘एमाले’ लाई सिध्याउने कसरतमा अनेक रुपमा मान्छे उम्रिए र मान्छे समुह हुल बाधेर लागेका छन् : तिनको मक्सत भारतको इछ्या पुरा गर्नु हो भन्ने प्रस्ट भयो !!
२. समाज पछि परेको छ, साना साना कुराले पनि त्येशलाई उद्देलित बनाउञ्छ !! भारतको चाहना नेपाललाई पछि पारी रहने, आफुमा निर्भर बनाउ रहने र कुकुरलाई ‘हड्डी’ फ्याकेर उफारे जस्तै समस्यालाई जोड लगाएर उठाउने, अनि स्थायी सक्तिलाई केहि हैन भन्ने बनाउंदै केहि पात्र खडा गर्ने, साना तिना पपुलर काम गराउने, जोड तोडले त्येशको प्रचार गर्ने अनि यौटा माहोल बनाउने कि ती पात्र नै मुक्ति दाता हुन्, भगवान हुन् : तिनको पुजा गर्नु पर्छ : चाहे अनेक भेषको दुर्गा प्रसाईं होस् या ‘गरिबको चमेली’ गीत बेचेर मन लुट्ने अनि गरिब खेद्ने बालेन !! भास्य बनाइदै छ : अबको प्रधानमन्त्रि बालेन !! अरु अरु त कत्ति परिक्षण भैसके पात्रहरु : सुसुप्त छन् : चल्मलाउछन घरी घरी !!
३. सिक्किममा यस्तै भएको थियो ‘लेन्डुप दोर्जी’ खडा गर्दा !! समयमै नबुझ्ने र सचेत हुने र त्येस्तो प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने पक्का छ : दोश्रो ‘लेन्डुप दोर्जी’ तयार हुने छ !! अनि न ‘नेपाल’ रहनछ न ‘नेपाली सान’ !!
बिना हैसियत, विना योगदान मेयर पद चिठ्ठा परेपछि के गरौं गरौं भयो होला । अनि मालिकको आदेश पनि मान्नुपर्ने भयो होला ।