आजबाट धरहरा चढ्दा शुल्क लाग्ने
काठमाडौं । आजबाट धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । यस्तै पार्किङको पनि शुल्क लाग्ने छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार अब प्रतिव्यक्ति २ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने भएका छन् ।
यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय, त्यो बाहेककालाई १ हजार रुपैयाँ तोकिएको छ ।
धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।
धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क गर्ने निर्णय गरेको थियो ।