झारखण्डमा इन्डिया गठबन्धन बहुमत, बिजेपीको एन्डिए पराजित – Nepal Press

झारखण्डमा इन्डिया गठबन्धन बहुमत, बिजेपीको एन्डिए पराजित

काठमाडौं । भारतमा भएको राज्यस्तरको चुनावमा बिजेपी गठबन्धनको मिश्रित नतिजा आएको छ । चुनावी परिणामहरूका अनुसार महाराष्ट्रमा बिजेपी नेतृत्वले कांग्रेस तथा शिवसेनाको गठबन्धनलाई पराजित गरेको छ ।

राज्यका २२० सिटमा बेजेपी गठबन्धन ‘महायुती’ले अग्रता लिएको भारतीय मिडिया लाइभ मिन्टले उल्लेख गरेको छ । २८८ सिटको चुनावमा बिजेपी गठबन्धनलाई यो ठूलो जित हो ।

खासगरि महाराष्ट्रको राज्य शक्तिको रूपमा हेरिएको शिव सेनालाई यो जितले धक्का दिएको छ । यद्यपि शिव सेनाको सिन्धे घटक भने बिजेपीसँगै थियो । एकनाथ सिन्धे नै मुख्यमन्त्री थिए ।

८१ सिट भएको झारखण्ड चुनावमा भने बिजेपी पाखा लागेको छ । लाइभ मिन्टका अनुसार कंग्रेस नेतृत्वको इण्डिया गठबन्धनले ५६ सिट जितिसकेको छ । उसो त यस अगाडि पनि बिजेपी झारखण्डमा सत्तामा थिएन । मुख्यमन्त्री थिए झारखण्ड मुक्ति मोर्चाका हेमन्त सोरेन ।

आदिवासी मत तान्न नसकेर बिजेपी कमजोर भएको बताइएको छ ।
झारखण्डको इतिहासमा प्रथम मुख्यमन्त्रीसहित पाँचपटक मुख्यमन्त्री बनाएको बिजेपीले यो पटक सत्तामा आउने बाटो जनताबाट पाएन ।

उपचुनावमा बिजेपी टीमले बढायो सिट, घटायो कंग्रेसले

लाइभ मिन्टका अनुसार भारतमा भएको ४६ सिटको उपचुनावमा उत्तरी क्षेत्रमा बिजेपी तथा दक्षिणी क्षेत्रमा कंग्रेस हाबी भएका छन् भने पश्चिम बंगलामा त्रिणमुलको पटक जारी देखिएको छ ।

उपचुनावमा बिजेपी गठबन्धनले २६ सिट ल्याएको छ । यो भनेको ९ सिटले बढी हो । कंग्रेस गठबन्धनले सात सिट जितेको छ । यो भनेको ६ सिट घाटा हो । त्रिणमुल कंग्रेसले ६ सिट जितेको छ भने आम आद्मी पार्टी र समाजवादी पार्टीले क्रमशः ३ र २ सिट जितेका छन् ।

यस्तै सिक्किममा भएको लोकसभा उपचुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाले दुवै सिट जितेको छ, भने कंग्रेस नेतृ प्रियङ्का गान्धीले ४ लाख बढी मतान्तरले वायानाडबाट विजय भएकी छिन् । उक्त सिट राहुलले छोडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *