नेताहरूको कार्यविभाजन टुंगिएको छैन : महासचिव भुसाल – Nepal Press

नेताहरूको कार्यविभाजन टुंगिएको छैन : महासचिव भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्यविभाजन टुंगो नलागिसकेको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा कार्यविभाजन टुंगो लागेको समाचार आएपनि उक्त पार्टीले यो विषय छलफलकै चरणमा रहेको जनाएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै महासचिव घनश्याम भुसालले हालसम्म कार्यविभाजन टुंगो नलागेको र छलफलकै क्रममा रहेको बताए ।

‘मस्यौदा बनाइएको छ, त्यसमाथि छलफल भइरहेको छ, तर टुंगो लागेको छैन’, उनले भने ।

असार १६ देखि २२ गतेसम्म आयोजित पार्टीको दशौं महाधिवेशनले तीन पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो । उक्त कमिटीको बैठकले साउन १८ मा केन्द्रीय सदस्यमा ३४४ जना थपेर २९९ बनाएको थियो । ती केन्द्रीय सदस्यबीचको निर्वाचनबाट ११ मा भएको निर्वाचनबाट १८ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए ।

केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला, जनसंगठन, विभाग र प्रवास कमिटीका इञ्चार्ज, सहइञ्चार्ज तोक्नका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल छन् ।

तर, नेताहरूका बीचमा विवाद हुँदा अहिलेसम्म कार्यविभाजन टुंगो लाग्न सकेको छैन ।

‘टुंगो लाग्ने चरणमा पुगेको छ, टुंगिसकेको होइन’, महासचिव भुसालले भने ।


प्रतिक्रिया

One thought on “नेताहरूको कार्यविभाजन टुंगिएको छैन : महासचिव भुसाल

  1. तिमीजस्ता नेता भएपछि टुङ्गिने कुरै छैन । के टुङ्गिने ? पार्टी नै सकिईसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर