जरिवानाको अर्को पत्र लिएर बालेनका प्रतिनिधि च्यासलमा, एमालेले लिन मानेन (भिडिओ)
काठमाडौं । एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखेको छ । आज महानगरको एक टोली एमाले पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले दर्ता गर्न मानेन ।
यसअघि दिएको पत्रमा एमालेले ‘रेस्पोन्स’ नगरेपछि बालेनले अर्को पत्र दिएर पठाएका हुन् । एमाले कार्यालयमा नगरप्रहरी सचिव महानगरका कर्मचारी पुगेका थिए । कार्यालयका कर्मचारीले यो विषय आफूहरूसँग असम्बन्धित भन्दै फर्काइदिएको स्रोतले बतायो ।
ती कर्मचारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोराले गरेको काममा बाबु जवाफदेही हुँदैन । त्यो सभा काठमाडौं कमिटीले गरेको हो । पत्र दिने भए उतै दिनुस् ।’
कर्मचारीले दर्ता गर्न अस्वीकार गरेपछि महानगरका कर्मचारीले निराश हुँदै गोजीमा हालेका थिए ।
बालेनको नाटक हेर । काठमाडौंमा दैनिक जसो जुलुस सभा भैरहेको छ । कतिवटालाई पत्र थमायो अहिलेसम्म बालेनले ? एमालेसँग विना कारण निहु खोज्नु भनेको दिल्लीबाट परिचालित भएको हो । यसको मूल्य बालेनलाई चर्को पर्छ । भूईफुट्टा ।
एउटा कार्यालयले अर्को निकायलाई चिठी बुझाउन भनेर जाँदा यत्रा मानिस, पत्रकार, रमिते कसरी आए ? स्पष्ट छ स्टण्टबाजी गर्न बालेनले बोलाए । यस्ता वाहियात मेयरले केही गर्छ ? उसले सडक विभागको अगाडि एक ट्रक धूलो फालेको जरिवाना कति र कसले तिर्छ ? सन्काहा मेयरको काम भन्दा बढी सन्की काम । न्यूरोडमा सरकारले विजुलीको तार भूमिगत गरायो । प्राधिकरणले घरघरमा विद्युत जोडिदियो ।बालेनले दुईवटा खम्बा उखेल्यो भनेर हाहाकार किन ? यस्तै स्टण्टबाजि गरेर देश चल्छ ? तपाईं हामीले पनि कसले खास काम गरेको छ बुझ्न जरूरी छ । यस्ता सन्काहाको पछि लाग्दा देश बर्वाद हुन्छ ।