रोल्पाको होलेरीमा पहिलोपटक एमबीबीएस चिकित्सक – Nepal Press

रोल्पाको होलेरीमा पहिलोपटक एमबीबीएस चिकित्सक

रुपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पामा पनि सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।

प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबीबीएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ । एमबीबीएस चिकित्सकको व्यवस्था भएपछि त्यहाँका जनताले २४ सै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।

एमबीबीएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रूपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो । प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमबीबीएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबीबीएस चिकित्सकको अभाव हुन नदिइने बताए ।

असारदेखि होलेरी अस्पतालमा एमबीबीएस चिकित्सक नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता रहेको थियो ।

आइतबार प्रतिष्ठानमा एक कार्यक्रमका बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबिच भएको सम्झौता पुस १ गतेदेखि लागू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *