एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र – Nepal Press

एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र

काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले तोकेको जरिवानाको पत्र इमेलमा पठाइएको छ ।

हिजो महानगर प्रहरीसहितको टोली एमाले मुख्यालयमा पत्र लिएर गएको थियो । कार्यालय सचिवले कार्यक्रमको आयोजना उपत्यकाका ३ जिल्ला कमिटीले गरेकाले केन्द्रीय कार्यालयसँग असम्बन्धित भएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पार्टी कार्यालयमा पत्र बुझाउन जाँदा नबुझेकाले इमेलमार्फत पत्र पठाइएको नेपाल प्रेससँग बताए ।
उनले भने, ‘सुरूमा नगर प्रहरीले भौतिक रूपमा नै गएर पत्र बुझाउन खोजेको थियो । पत्र बुझ्न नममानेपछि महानगरपालिकाको नगर प्रहरी बलको आधिकारिक इमेलबाट नेकपा (एमाले) पार्टीको आधिकारिक इमेलमा पठाइएको छ ।’

त्यसो भए जरिवान तिराएकै छोड्न खोजेको हो महानगरपालिकाले भन्ने प्रश्नमा उनले भने, ‘जरिवाना गरिसकेपछि नतिर्ने भन्ने त सवाल नै भएन नि !’


प्रतिक्रिया

2 thoughts on “एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र

  1. हामी जुलुसमा जानेले १ रूपयाको दरले तिरौ काठमाडौं महानगरलाई नेकपा एमालेलाई काठमाडौं महानगरको जरिवाना खाता पठाउन त्यहाका जनप्रतिनिधि लाई भनोस् हामी आम कार्याकर्ताको विचमा पठावस् फोहोर पनि उठाएको हो रू१को दरले हामी जरिवाना पनि तिरौ हुदैन र

  2. महानगरका एमाले र कांग्रसेका जनप्रतिनिधिहरू के हेरेर बसेका छन् ? न कि समर्थिक कर्मचारीहरू ? कारवाहि वा प्रतिरोध वा विरोध गर्न सकिन्छ ? एमाले र कांग्रेसका लाछि जनप्रतिनिधिहरू, एउटालाई खाएपछि काल पल्कन सक्छ, सोच विचारेर कदम चाल्न पर्दैन, वाईयात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *