सचिवहरूसँग प्रधानमन्त्रीको बैठक स्थगित, क्याविनेट बस्दै – Nepal Press

सचिवहरूसँग प्रधानमन्त्रीको बैठक स्थगित, क्याविनेट बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरूसँग गर्ने भनेको त्रैमासिक समीक्षा स्थगित भएको छ ।

प्रधानमन्त्रीको कार्यव्यस्तताले दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले पूर्वप्रधानमन्त्रीहरूसँग आसन्न चीन भ्रमणबारे छलफलमा रहेका ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सचिवालयले दिएको जानकारी अनुसार बैठक ५ बजे सिंहदबारमा बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर