टीओडी मिटरको आधारमा उद्योगीको विद्युत बक्यौताको हिसाब सुरू
काठमाडौं । उद्योगीको बक्योताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न सुरू भएको छ ।
विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले हिजोबाट काम थालेको हो ।
सो समितिले नेपाल विद्युत प्राधिरणले उद्योगलाई पठाएको बिल टीओडी मिटर अनुसार छ कि छैन भनेर अध्ययन गर्नेछ । भने, प्राधिकरणले उद्योगबाट डेडिकेटेड तथा टंक लाइको उठाउन पर्ने भनेको बक्यौताको पनि टीओडी मिटर अनुसार प्रशासनिक तथा प्राविधिक हिसाब गर्ने छ ।
२०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड र टंक लाइनको हिसाब गर्ने छ । विद्युत बक्यौता महसुल रकमका सम्बन्धमा जाँचवुझ गरी प्रतिवेदन पेश हुने छ ।
समितिले लालको प्रतिवेदनअनुसार नै हिसाब गर्ने बताइएको छ । हिसाब गर्ने समितिको कार्यालय जल तथा मौसम विज्ञान विभाग ७औं तलामा रहेको छ ।
लाल आयोगको प्रविदेन सार्वजनिक गर्दै सरकारले टीओडी मिटरअनुसार उद्योगीलाई १५ दिन भित्र बिल दिने र बाँकी बक्यौता उठाउने निर्णय गरेको थियो ।
तर, नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अहिले उद्योगीहरूलाई पठाएको बिल नै टीओडी मिटरअनुसार रहेको बताउँदै आएका छन् ।