साईमेक्स इन्कले बीवाईडीको ३० औं वार्षिकोत्सव र विश्वव्यापी १ करोड एनईभी उत्पादनको अवसरमा नेपालमा १०० युनिट डेलिभरी
काठमाडौं । बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोड एनईभी विश्वव्यापी उत्पादनको अवसरमा, बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ ।
यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको छ ।
यस उपलब्धिले बीवाईडीको विश्वव्यापी अटोमोटिभ इंडस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ। वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रष्ट्याउ कम्पनीले जनाएको छ ।
विश्वव्यापी रूपमा, बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ ।
नेपालले हरित भविष्य अँगाल्दै गर्दा, साईमेक्स इन्क.ले बीवाईडीका बीवाईडी अटो३, बीवाईडी डल्फिन र बीवाईडी सिल जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।
‘बीवाईडी’ को ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो । संगसंगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउँन मदत गर्दैछु’, कार्यक्रममा, साईमेक्स इन्क.का नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने ।
बीवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय–केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ। यो सफलता नेपालको दिगो विकास र सफा अनि हरित भविष्यको लक्ष्यहरू प्राप्त गर्ने उदेश्यको एउटा महत्त्वपूर्ण कदम हो ।