नेप्सेमा १५ अंकको वृद्धि, ६ अर्ब ३४ करोडको कारोबार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.८३ अंकले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १६९ कम्पनीको शेयरमूल्य बढ्दा ६७ को घट्यो भने ९ कम्पनीको स्थिर रहेको छ ।
पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । बेष्ट फाइनान्स कम्पनी, सुपर मादी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
आजको कारोबारमा ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४९४.१० रुपैयाँमा झरेको छ । यसै कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।