दुई हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
नेपाल प्रेस
२०८१ मंसिर ११ गते १०:४२
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सोमबार तोलामा एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलवार दुई हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मङ्गलवार तोलामा एक हजार ८२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर