हिन्दू नेता पक्राउलाई लिएर दिल्ली र ढाकाबीच कागज युद्ध
काठमाडौं । भारत सरकारले बङ्गलादेशमा हिन्दू नेता चिन्मोइ कृष्ण दास पक्राउको विरोध गरेको छ । मङ्गलबार अर्थात् नोभेम्बर २६ मा भारतको विदेश मन्त्रालयले दासको पक्राउको विरोध गरेर बङ्गलादेशमा बढ्दो अल्पसंख्यकमाथिको हिंसामा आपत्ति जनाएको छ ।
लगत्तै बङ्गलादेशले अर्को सूचना निकालेको छ । सूचनामा भारतले गरेको टिप्पणीमा आपत्तिमात्र प्रकट गरिएको छैन, दासलाई कानूनअनुसार सजाय हुने भनिएको छ ।
बंगलादेशीकी पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्त ५ मा देश छोडेर भारत हिँडेपछि हिन्दू तथा बौद्ध अनि ईसाई धार्मिक जनतामा आक्रमण बढेको विश्व मिडियामा सूचना आइरहेका छन् । गत अगस्त ९ मा शपथ लिएर प्रमुख सल्लाहकार पदको नाममा प्रधानमन्त्री रहेका महोमद युनुस र भारत सरकारको सम्बन्ध राम्रो छैन ।
संयुक्त रास्ट्रसङ्घमा मोदीले युनुसको भेट प्रस्ताव अस्वीकार गरेका थिए । भारत अल्पसङ्ख्यकलाई दमन भएकोमा बिच्किएको छ भने बङ्गलादेश हसिनालाई शरण दिएर राजनीतिक मन्तव्य दिँदा नरोकेको भन्दै बिच्किएको छ । दुई देशको सम्बन्ध कूटनीतिक सूचनामा तारान्तार प्रकट हुँदै आएका छन् ।