सुनको भाउ तोलामा ९ सय बढ्यो
नेपाल प्रेस
२०८१ मंसिर १२ गते ११:२८
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा एक लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा एक हजार ८३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर