कीर्तिपुर र काठमाडौं १६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै आयोगका दुई टोली परिचालन
काठमाडौं । उपनिर्वाचन हुन लागेका कीर्तिपुर नगरपालिका र काठमाडौंको १६ नम्बर वडामा निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरू गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको हो ।
कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा टोली खटाइएको छ । टोलीमा आयोगका उपसचिव डा. थानेश्वर भुषाल, उपन्यायाधीवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डीएसपी अशोक न्यौपाने रहेका छन् । टोलीले पहिलो चरणको कारवाही अघि बढाइसकेको छ ।
काठमाडौं वडा नम्बर १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ । टोलीमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगको सहसचिव सीता पुन, प्रहरीका एसपी सञ्जय सिंह थापा रहेका छन् ।
आगामी १६ मंसिरमा हुने उपनिर्वाचनको प्रचारप्रसारका क्रममा विभन्न दल र उम्मेदवारले ती स्थानमा आचारसंहिता विपरितका क्रियाकपाल गरेको आयोगले जनाएको छ ।