प्राविधिकतर्फ बढुवा भएका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

प्राविधिकतर्फ बढुवा भएका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका ३ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मंसिर ११ को गृहमन्त्रीस्तरको निर्णयबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीपीमा बढुवा भएका डा.दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा.संजिता दाहाललाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाविच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्राप्त गरेका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले राष्ट्र, जनता र संगठनप्रति पुर्यारएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा बढुवा भएको चर्चा गर्दै बढुवासँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको बताए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै सपोर्ट समूहले संगठनलाई गतिशीलता प्रदान गर्नुका साथै प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको उल्लेख गरे ।

बढुवासँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र विकासमा केन्द्रित रहेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृत थप उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे ।

समारोहमा बढुवा भएका प्रहरी अधिकृतको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै डीआईजी डा।दामोदर पौडेलले प्राप्त जिम्मेवारीलाई वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाए । दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर