च्याम्पियन्स लिग: रियलमाथि लिभरपुलको जीत
नेपाल प्रेस
२०८१ मंसिर १३ गते ७:२५
हेटौंडा । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २-० ले पराजित गरेको हो ।
च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो ।
त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २-० को जीत निकाल्यो ।
जीतपछि पाँच खेलबाट १५ अङ्कसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लँदा पराजित रियल भने समान खेलबाट ६ अङ्कसहित तालिकाको २४औं स्थानमा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर