थाङ्काबाट वार्षिक १५ लाख आम्दानी – Nepal Press

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

धरान । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख रुपैयाँ आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

उनी भन्छन्, ‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकला जस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर, अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।’

थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका उनको भनाइ छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए ।

उनले १० जनालाई रोजगारी पनि दिएका छन् । उनीसँग थाङ्का बनाउन सिकेकाहरू वैदेशिक रोजगारीमा गएका छन्, जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए ।

एउटा थाङ्का चित्र बनाएर पहिलो पटक ५० हजार रुपैयाँमा बिक्री गरेपछि व्यवसायिक रुपमा काम थालेको उनले बताए । उनले चार हजारदेखि पाँच लाख रुपैयाँसम्मका थाङ्का बिक्री गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर